Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • देशभर १ हजार ४५४ जनामा काेराेना संक्रमण पुष्टि, ९७२ जना डिस्चार्ज

    देशभर १ हजार ४५४ जनामा काेराेना संक्रमण पुष्टि, ९७२ जना डिस्चार्ज

    अनलाइन नेपाल
  • शुक्रबार, २६ भाद्र २०७७
  • 2.1K
    SHARES

    काठमाडौं । नेपालमा आज शुक्रबार थप १ हजार ४५४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

    योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ५१ हजार ९१९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।



    नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले पछिल्लाे २४ घण्टामा थप १४५४ जनामा काेराेना भाइरसकाे संक्रमण पुष्टि भएकाे जानकारी दिए ।



    पछिल्लो २४ घण्टामा थप ९७२ जना कोरोना संक्रमणमुक्त भएका छन् । याेसँगै कोरोना संक्रमणमुक्त भई अस्पतालबाट डिस्चार्ज हुनेको संख्या ३६ हजार ६७२ पुगेको मन्त्रालयले जनाएकाे छ ।

    नेपालमा अहिलेसम्म कोरोना भाइरस संक्रमणबाट ३२२ जनाको मृत्यु भएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार