Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • सवारी पास कीर्ते गरेर २ हजारमा बिक्री, एक जना पक्राउ

    सवारी पास कीर्ते गरेर २ हजारमा बिक्री, एक जना पक्राउ

    अनलाइन नेपाल
  • शुक्रबार, २६ भाद्र २०७७
  • 3.1K
    SHARES

    सांकेतिक तस्विर

    काठमाडौं । प्रहरी प्रधान कार्यालय, केन्द्रीय अनुसन्धान व्यूराे (सिआइबीले) होल्डिङ सेन्टरबाट दिइने सवारी पास कीर्ते गरेकाे अभियाेगमा एकजनालाइ पक्राउ गरेकाे छ ।

    कोरोना भाइरस (कोभिड-१९) का कारण संक्रमण देशबाट नेपाल फिर्ता भई होल्डिङ सेन्टरमा बसिसकेपछि दिइने सवारी पास कीर्ते गरी ठगी गरेको पाइएकाले अनुसन्धानका लागि पक्राउ गरिएकाे सिआइबीले जनाएकाे छ ।



    यसरी ठगी गरेको आरोपमा सिआइबीले गोरखाको आरुघाट गाउँपालिका- १० घर भई काठमाडौं २६ कपुरधारा बस्ने २७ वर्षीय विश्वप्रकाश अधिकारीलाई पक्राउ गरेको हो । उनलाई टोखा नगरापालिका- ७ तिलिंगेटारबाट पक्राउ गरिएको हो।



    कोभिड- १९ संकट व्यवस्थापन केन्द्र छाउनीको नामबाट कीर्ते सवारी पास बनाएर प्रतिपास दुई हजारका दरले उनले बेच्ने गरेको सिआइबीले जनाएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार