Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

घरधनीकाे आग्लो प्रहारबाट एक जनाकाे मृत्यु

काठमाडाैं । घरधनीकाे आग्लो प्रहारबाट काेठा भाडामा बस्ने एक व्यक्तिकाे मृत्यु भएकाे छ ।

बारा कलैया उपमहानगरपालिका–५ घर भई हाल काठमाडौं भाजङगल बस्ने ४८ वर्षीय शम्भु चौधरीको घरको सुरक्षाका लागि प्रयोग गरिने आग्लोले हिर्काएर हत्या भएको प्रहरीले जनाएकाे छ ।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी सोमेन्द्र सिंह राठौरले दिएकाे जानकारी अनुसार कीर्तिपुर नगरपालिका–७ भाजङगलका ६६ वर्षीय कृष्ण महर्जनले सामान्य विवादमा चौधरीलाई आग्लोले हिर्काएर हत्या गरेका थिए ।

हत्या आरोपमा महर्जनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेकाे प्रहरीले जनाएकाे छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077