Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सिंहनाथ गणमा दुई सैनिकको करेन्ट लागेर मृत्यु

चितवन। सिंहनाथ गण शक्तिखोरका दुई जना सैनिकको करेन्ट लागेर मृत्यु भएको छ । कालिका नगरपालिका वडा नम्बर ८ शक्तिखोर स्थित सिंहनाथ गणमा कार्यरत दुईजना सैनिकको आज मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रबक्ता सूर्यवहादुर थापाका अनुसार गण परिषरमा रहेको रुखको हाँगा काट्ने क्रममा करेन्ट लागेर सुवेदार राजुबाबु श्रेष्ठ र सिपाई साजन कुमालको मृत्यु भएको हो ।

श्रेष्ठको उपचारको लागि अस्पताल ल्याउँदै गर्दा र कुमालको उपचारको क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको उनले जानकारी दिए । घटना बिहान १०ः५५ वजे भएको हो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077