Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

सडकमा एक्कासी नेपाली सेनाको जहाज गुडेपछि

काठमाडौँ ।  काठमाडौंका सडकमा आज साँझ अचम्मको दृश्य देखिएको छ । नेपाली सेनाको जहाज गुडाउँदै शनिबार साँझ दरबारमार्गस्थित नारायणहिटी संग्राहलय लैजाने क्रममा सडकमा रमिता हेर्नेहरुको भीड नै लाग्यो ।

गुडाउने क्रममा तीनकुनेस्थित गैह्रीधाराको मोडमा जहाज ठोक्किएपछि एकछिन सडकमै रोकिएको थियो । सडकमा यात्रा गरिरहेका तथा आसपासका क्षेत्रमा स्थानीयहरुले तस्बिर खिचेका थिए।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भीभीआईपी सेक्युरिटीमा पहिला राजसंस्थाले प्रयोग गर्ने नेपाली सेनाको जहाज नारायणहिटी संग्राहलय लगिएको हो।

एभ्रो एयर क्राफ्टको जहाज सडकमा गुडाएरै आज रातिसम्म नारायणहिटी संग्रालय पुर्याइएको हो ।जहाजको पार्टपुर्जा निकालेर गुडाउँदै लगिएको थियो ।

जहाजलाई पाँच भागमा विभाजन गरेर खोलिएको थियो । आउट अफ फेज’ भएको जहाजलाई नारायणहिटी संग्राहलय पुर्याएपछि ‘एसेम्बल’ गरिने नेपाली सेनाका सहायकरथी तथा प्रवक्ता सन्तोष बल्लभ पौडेलले वताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077