Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

सर्लाहीबाट ३ सय ९ किलो गाँजा बरामद

काठमाडौं । सर्लाहीको ग्रामिण इलाका हुँदै अवैध रुपमा भारततर्फ लगिँदै गरेको गाँजासहितको ट्रक प्रहरीले नियन्त्रणमा लिएको छ । पर्सा गाउँपालिका वडा नम्बर ५ स्थित डोमोवा टोलमा रहेको चिरान मिलस्थित सडकबाट ना४ख ७७४८ नम्बरको ट्रकमा ३०९ किलो गाँजा बरामद गरेको हो ।

सोबाटो हुँदै भारततर्फ गाँजा निर्यात हुने गरेको सूचनाको आधारमा सर्लाहीका प्रहरी उपरीक्षक सन्तोष सिंह राठौरको नेतृत्वमा खटिएको प्रहरी टोलीले गएराति उक्त गाजा बरामद गरेकाे हाे।

रातिको समयमा सो ट्रकलाई चेकजाँच गर्ने क्रममा चालक फरार भएको र ट्रकको ढाला चेकजाँच गर्दा ११ वटा पोकामा प्याक गरिएको अवस्थामा सो परिमाणको लागु औषध गाँजा फेला परेको प्रहरीले जनाएको छ । गाँजालाई मेशिनले पेलेर धुलो बनाएपछि १–१ किलोको प्याकेट बनाएर भारतमा बेच्न लैजाने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी निरीक्षक राजु प्रसाद कुर्मीले ट्रक चालकलगायत लागु औषध कारोबारमा संलग्न अन्य व्यक्तिहरुको पहिचान तथा खोजतलास भइरहेको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077