Online Nepal
  • मंगलबार, १ जेष्ठ २०८१
  • देशभर १ हजार ३९ जनामा कोरोना संक्रमण पुष्टि, ११ सय ७३ डिस्चार्ज

    देशभर १ हजार ३९ जनामा कोरोना संक्रमण पुष्टि, ११ सय ७३ डिस्चार्ज

    अनलाइन नेपाल
  • आइतबार, २८ भाद्र २०७७
  • 2.9K
    SHARES

    काठमाडौं । नेपालमा थप १ हजार ३९ जनामा काेराेना भाइरस संक्रमण पुष्टि भएको छ ।

    नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा देशभर १ हजार ३९ जनामा काेराेना संक्रमण देखिएकाे जानकारी दिए । याेसँगै नेपालमा काेराेना संक्रमितको कुल संख्या ५४ हजार १५९ पुगेको मन्त्रालयले जनाएकाे छ ।



    यस्तै बितेको २४ घण्टामा १ हजार १७३ जना काेराेना संक्रमण मुक्त भएका छन् । याेसँगै हालसम्म निको हुनेको कुल संख्या ३८ हजार ६९७ पुगेको छ । यसैगरी आजसम्म देशभर सक्रिय संक्रमितको संख्या १५ हजार ११७ रहेको छ ।



    यस्तै पछिल्लो २४ घण्टामा थप ९ जनाको मृत्यु भएको छ । याेसँगै देशभर कोरोना भाइरसकाे संक्रमणबाट मृत्यु हुनेको कुल संख्या ३४५ पुगेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार