Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

एम्बुलेन्स दुरुपयोग गरे सरकारले दर्ता खारेज गरिदिने

काठमाडौं । सरकारले एम्बुलेन्सको दुरूपयाेग गरे दर्ता खारेज गर्ने चेतावनी दिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सूचना प्रकाशित गरी एम्बुलेन्स बिरामी बोक्नेबाहेक अन्य काममा प्रयोग भएको पाएमा तुरुन्त दर्ता खारेज गर्ने चेतावनी दिएकाे हाे ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले दुरुपयोग भएको पाएमा एम्बुलेन्स सञ्चालन गर्ने संस्थालाई भविश्यमा पनि एम्बुलेन्स सञ्चालन गर्न नदिने बताए ।

कोरोना महामारी रोकथामका लागि भनी सरकारले हाल लामो दुरीको सार्वजनिक यातायात बन्द गरेको छ । काठमाडौं उपत्यकाका साथै देशका विभिन्न जिल्लाले आफ्नो सीमा क्षेत्रमा आवतजावत बन्द गरेको छ ।

यसै बिरामी बोकेको बाहनामा एम्बुलेन्सले चर्को शुल्क लिएर सर्वसाधारण मानिस ओसार-पसार गरेको गुनासो बढेकाले सरकारले दर्ता खारेज गर्नेसम्मको चेतावनी दिएको हो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077