Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

अन्तर्राष्ट्रिय सीमा नाका असोज ३० गतेसम्म बन्द गर्ने सरकारकाे निर्णय

काठमाडौं । कोरोना भाइरसको जोखिमलाई मध्यनजर गर्दै सरकारले अन्तर्राष्ट्रिय सीमा नाका आगामी असोज ३० गतेसम्म बन्द गर्ने निर्णय गरेको छ ।

सोमवार बसेको मन्त्रिपरिषद्को बैठकले कोरोना जोखिमलाई मध्यनजर गर्दै उक्त निर्णय गरेको परराष्ट्रमन्त्री एवम् सरकारका प्रवक्ता प्रदिप ज्ञवालीले जानकारी दिए । यसअघि भदौ ३० गते शुक्रवार सम्मका लागि अन्तर्राष्ट्रिय सीमा नाका बन्द गर्ने निर्णय गरिएको थियो ।

नेपालमा गत वर्षको चैत ११ गतेबाट लकडाउन गरेसँगै अन्तर्राष्ट्रिय सीमा नाका समेत बन्द गरिएको थियो । त्यस्तै भारतसँग सिमा जोडिएका १२ वटा नाकाबाट नेपाल प्रवेश गर्नको लागि अनुमति दिइएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077