Jul 28 2026 | २०८३, श्रावण १२ गते

28 Jul 2026 | मंगलवार, श्रावण १२ गते २०८३

मंगलवार, श्रावण १२ गते २०८३
images
images

किर्ते कागजात बनाएर राहत बुझ्ने ६ जना पक्राउ

अर्घाखाँची । जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले नक्कली कागजात बनाएर राहात रकम बुझ्ने ६ जनालाई पक्राउ गरेकाे छ ।

अर्घाखाँचीको भूमिकास्थान नगरपालिकामा भत्कदै नभत्किएको घरलाई भत्किएको भनी नक्कली फोटा तथा नक्कली कागजात बनाएर राहात रकम लिने नगरपालिका-९ ढिकुराका ६ जनालाई प्रकाउ गरिएको प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद पौडेलले जानकारी दिए।

उनीहरुले पहिरोले घर भत्किएको भनेर भूकम्पमा भत्किएका घरका फोटा समेत राखेर नक्कली मुचुल्का तथा स्थानीय वडा कार्यालयको सिफारिस बनाएर जिल्ला प्रशासन कार्यालयबाट राहात रकम बुझेका थिए।

स्थलगत अनुगमन गर्दा उनीहरुले नक्कली कागजात बनाएर रकम बुझेको भेटिएपछि पक्राउ गरी अनुसन्धान भइरहेको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले बताएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077