Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

लगातार ज्वरो आइरहेपछि काँग्रेस महामन्त्री कोइराला अस्पताल भर्ना

काठमाडौं । स्वास्थ्यमा समस्या देखिएपछि नेपाली काँग्रेसका महामन्त्री डा. शशांक कोइराला अस्पताल भर्ना भएका छन्।

कोरोना भाइरस (कोभिड-१९ )बाट संक्रमित कोइरालालाई सात दिनदेखि लगातार ज्वरो आइरहेको हुँदा उनलाई राजधानीको ओम अस्पताल पुर्‍याइएको हो।

उनलाई अहिले आइसीयूमा राखेर उपचार थालिएको छ। कोइरालालाई गएराति सवा ८ बजे अस्पताल भर्ना गरिएको हो। कोइरालालाई कोभिड विशेष निगरानी कक्षामा राखेर उपचार थालिएको अस्पतालले जनाएको छ ।

गएको भदौ २३ गते उनमा कोभिड १९ को संक्रमण पुष्टि भएको थियो। त्यसयता उनी होम आइसोलेसनमा रहँदै आएका थिए।

नेपाली काँग्रेसको महाधिवेशनमा कोइरालाले  सभापति पदमा दाबी गर्दै आएका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077