Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

काँग्रेस महामन्त्री शशांक कोइराला अस्पताल भर्ना

काठमाडाैँ । नेपाली काँग्रेसका महामन्त्री शशांक कोइराला अस्पताल भर्ना भएका छन् ।

कोरोना संक्रमण पुष्टि भएपछि केही दिनयता घरमै आइसोलेशनमा रहेका कोइरालाको स्वास्थ्यमा समस्या देखिएपछि चावहितस्थित ओम अस्पताल भर्ना गरिएको कोइरालाका स्वकीय सचिव भरत तिवारीले जानकारी दिए ।

उनका अनुसार गएराति ज्वरो बढेपछि ओम अस्पताल लगिएको थियो । चिकित्सकहरुले उनमा निमोनिया भएको प्रारम्भिक अनुमान गरेका छन् भने भर्ना गरेर थप परीक्षण गर्न थालिएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077