Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

हत्या अभियाेगका फरार अभियुक्त २३ वर्षपछि पक्राउ

नेपालगञ्ज । गोली हानी हत्या गरेर फरार अभियुक्त २३ वर्ष पक्राउ परेका छन् । लामो समयदेखि कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्तलाई बाँके प्रहरीले पक्राउ गरेको हाे ।

२३ वर्षअघि कर्तब्य ज्यान गरेर भागेका बाँके रनियापुरका आजात खाँलाई प्रहरीले नियन्त्रणमा लिएको हो । स्थानीय नुर सलाम खाँलाई गोली हानेर हत्या गरेर खाँ भागेका थिए ।

बाँके जिल्ला अदालतले २०७२ असोज १७ गते खाँलाई २० वर्षको कैद सजाय सुनाएको थियो। इलाका प्रहरी कार्यालय, धनौलीबाट गएको प्रहरीले टोलीले खाँलाई घर आसपासबाटै पक्राउ गरेको बाँके प्रहरीले जानकारी दिएको छ। बाँके प्रहरीले केही महिनादेखि फरार अभियुक्तलाई पक्राउ गर्ने अभियान नै थालेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077