Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

प्रहरीद्वारा भन्सार छलीका सामान बरामद

रौतहट । भारतसँगको सीमा नाकाहरुबाट भित्रिएकाे अवैध सामान रौतहट प्रहरीले बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालय तथा मातहत प्रहरी ईकाईहरुबाट विभिन्न स्थानमा खटिएको प्रहरी गस्ती टोलीले दुई लाख उन्नपच्चास हजार छ सय पच्चास बराबरको साइकलको ट्युव, धान काट्ने हँसिया, ढोकाको ह्याण्डल, बच्चाहरुको विभिन्न किसिमको कपडा, मदिरा, केराउल लगायतका सर-सामानहरु प्रहरीले बरामद गरेको हो ।

बरामद सामान आवश्यक कार्यवाहीको लागि बुधबार गौर भन्सार कार्यालयमा बुझाइएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी भरत श्रेष्ठले बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077