Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

कोरोना असर : फुटबलमा भौतिक दूरी कायम गर्दा ३७ गोल

बिबिसी । जर्मनीको एउटा फुटबल टोलीले स्थानीय प्रतिद्वन्द्वीसँगको खेलमा भौतिक दूरी कायम गर्दा ३७ गोलले पराजित भएको छ। रिपडोर्फ नामक क्लबले जम्मा सातजना खेलाडीमात्र मैदानमा उतारेको थियो।

ती खेलाडी मैदानमा उत्रिएर बललाई हानेपछि मैदानको छेउतिर लागे।  प्रतिद्वन्द्वी क्लब एसभी होल्डेन्स्टेडका खेलाडीहरू अघिल्लो खेलमा कोभि-१९ बाट सङ्क्रमितको सम्पर्कमा परेका थिए।

उनीहरूको टोलीको जाँच गर्दा नतीजा नेगेटिभ आएको थियो तर रिपडोर्फ क्लबले उनीहरूसँगको खेल सुरक्षित ठानेन।

तर यदि उनीहरूले खेल नखेलेको भए २ सय युरोको जरिबाना तिर्नु पर्थ्यो।उनीहरूले खेल पछि सार्नका निम्ति गरेको अनुरोधलाई स्थानीय सङ्घले अस्वीकार गरिदियो।

सो खेल जर्मन फुटबल लिगको ११औँ तहको प्रतियोगिता अन्तर्गतको हो।  सुरक्षित हुनाका लागि आवश्यक १४ दिनको अवधि नकटेको हुनाले रिपडोर्फले होल्डेन्स्टेडसँग खेल्न चाहेन।  होल्डेन्स्टेडले पनि आफ्ना वैकल्पिक खेलाडीहरूमात्र उतार्‍यो।

नियम पूरा गर्न रिपडोर्फले केवल सातजना खेलाडी उतार्‍यो।  तीमध्ये एकजनाले खेलको सुरूमा मैदानमा गएर बल प्रतिद्वन्द्वीका खेलाडीतर्फ हिर्काए। त्यसपछि सबै सातजना खेलाडी मैदानको छेउतिर लागे अनि खेलमा सहभागी भएनन्।

रिपडोर्फ क्लबका सहअध्यक्ष प्याट्रिक रिस्टोले इएसपीएनलाई भने, 'होल्डेन्स्टेडका खेलाडीहरूले केही बुझेनन्। तर हामीले जोखिम उठाउन चाहेनौँ।' उनले भने, 'हाम्रा खेलाडी प्रतिद्वन्द्वीको नजिक परेनन्। उनीहरूले सामाजिक दूरीको नियम पालना गर्न प्रतिद्वन्द्वी खेलाडीसँग दुई मिटरको दूरी कायम राखे।'

तर होल्डेन्स्टेडले मौका खेर फालेन। प्रत्येक दुईदेखि तीन मिनेटमा एक गोल गरिरह्यो। अन्ततस् रिपडोर्फ शून्यका विरुद्ध ३७ गोलले पराजित भयो। होल्डेन्स्टेडका प्रशिक्षक फ्लोरियन शिरवाटरको भनाइ यस्तो रह्यो, 'यो खेल नखेल्नुपर्ने कुनै कारण थिएन।'

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077