Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

सन्दिपलाई भारतको राष्ट्रिय टिमबाट खेलाउन पूर्वकप्तान गावस्करको जोड

काठमाडौं। यूएइमा आइपिएल खेल्न पुगेका नेपाली युवा क्रिकेटर सन्दिप लामिछानेको बारेमा भारतमा चर्चा भएको छ ।  भारतीय राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान सुनील गावस्करले  सन्दिपलाई भारतको राष्ट्रिय टिमबाट खेल्ने अवसर दिइनुपर्ने बताएका छन् ।

भारतीय च्यानल ‘स्पोर्टस तक’सँग यूएइमा सुरु हुन लागेको आइपिएलबारे कुरा गर्दै गावस्करले यस्तो धारणा राखेका हुन् ।

यदि इङल्याण्डले स्कटल्याण्ड र आयरल्याण्डका खेलाडीहरुलाई आफ्नो टिमबाट खेलाउन सक्छ भने भारतले सन्दिपजस्तै नेपाली खेलाडीहरुलाई आफ्नो टिममा समावेश गर्नेतर्फ पहल गर्नुपर्ने बताए । गावस्करले सन्दिप राम्रो खेलाडी भएको बताउँदै उनले भारतीय रंगमा अझै राम्रो गर्न सक्ने पनि बताए । सन्दिप आइपिएलमा दिल्ली क्यापिटल्सबाट खेल्दैछन् ।

सन्दिपको प्रशंशा गर्दै गावस्करले उनी निकै राम्रोसँग सिक्न सक्ने खेलाडी भएको र आफ्नो अगाडि आएका अनुभवबाट उनले आफूलाई निकै राम्रो बनाउँदै लगेको बताए । गत आइपिएलमा सन्दिपले ८ खेलमा १७।२५ को स्ट्राइक रेटमा ८ विकेट लिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077