Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

बेपत्ता पत्रकार जंगलमा मृत फेला

कैलाली । कैलाली एफ.एम. मा कार्यरत निर्मला पहराई जंगलमा मृत अवस्थामा फेला परेकी छिन् ।

जिल्ला प्रहरी कार्यालय कैलालीले दिएकाे जानकारी अनुसार घोडाघोडी नगरपालिका–४ की २४ वर्षीय पहराई जंगलमा मृत अवस्थामा भेटिएकी हुन् । मृतक पहराई भदाै ३१ गतेदेखि सम्पर्कविहीन रहेको प्रहरीले जनाएको छ।

पत्रकार पहराई घोडाघोडी नगरपालिका–५ को फुलबारी सामुदायिक वनमा रूखमा झुण्डिएको अवस्थामा मृत भेटिएकी जिल्ला प्रहरी कार्यालय कैलाली डिएसपी प्रतिक बिष्टले बताए।

‘जंगलमा रुखमा झुण्डिएको अवस्थामा शव भेटिएको छ । अहिले प्रहरी टोली घटनास्थलमा छ । शवको पोष्टमार्टमका लागि अस्पताल ल्याउने तयारी भइरहेको छ’ डिएसपी बिष्टले भने, ‘घटनाको अनुसन्धान भइरहेको छ।’

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077