Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

बालिकालाई यौन दुर्व्यवहार गरेको आराेपमा पक्राउ

कास्की । जिल्ला प्रहरी कार्यालय, कास्कीले बालिकालाई यौन दुर्व्यवहार गरेको आराेपमा एक जनालाई पक्राउ गरेकाे छ ।

पक्राउ पर्नेमा धादिङकाे गंगाजमुना गाउपालिका-६ घर भई कास्कीकाे पोखरा महानगरपालिका-१९ लामाचौर बस्ने ३२ वर्षका बिकाश बि.क. रहेकाे प्रहरीले जनाएकाे छ ।

पिडित बालिकाले दिएकाे जाहेरीको आधारमा उनलाई नियन्त्रणमा लिएर बाल यौन दुरुपयोग कसुरमा अनुसन्धान अगाडी बढाईएको छ । कास्की जिल्ला अदालतबाट दिन १० म्याद थप गरेर अनुसन्धान सुरू गरिएकाे कास्कीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक सुवास हमालले जानकारी दिए ।

पक्राउ परेका बिकले भदाै ३० गते ९ बर्षे बालिकालाई ललाई फकाई एकान्तमा लगि करणीको आशय राखी यौन दुर्व्यबहार गरेको पिडित बालिकाले दिएकाे जाहेरीमा उल्लेख गरिएकाे प्रहरीले जनाएकाे छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077