Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

राजेश हमालले गरे १ सय १३ प्राविधिकलाई आर्थिक सहयोग

काठमाडाैं । नेपाली चलचित्रका अभिनेता राजेश हमालले फिल्म क्षेत्रका १ सय १३ प्राविधिकलाई आर्थिक सहयोग गरेका छन् । उनले हरेक प्राविधिकलाई जनही पाँच हजारका दरले ६ लाख ६५ हजार आर्थिक सहयोग गरेको चलचित्र प्राविधिक संघका अध्यक्ष पुस्कर लामाले बताए ।

'अहिले फिल्मको काम ठप्प छ । यस्तो अभावमा उहाँको सहयोगले प्राविधिक खुशी भएका छन्,' उनले भने । प्राविधिक संघले काठमाडौंमा आयोजित गरेको कार्यक्रममा उक्त सहयोग रकम वितरण गरिएको थियो । कार्यक्रममा हमालले आफ्ना हितैषी मित्रहरुसँग सहयोग रकम उठाएर आर्थिक सहयोग गरेको बताए ।

'कोभिड-१९ को परिस्थितिमा प्राविधिक समस्यामा परेको छ भनेर सहयोगको समूह बनाएँ । त्यसमा मेरो नजिकको हितैषीहरुलाई समावेश गरेको हो,' कार्यक्रममा उनले भने ।

यसबीच आर्थिक चपेटामा परेका प्राविधिकलाई कलाकारहरु पल शाह (५ लाख २ हजार), वर्षा राउत (५१ हजार), नीता ढुङ्गाना (३० हजार), ज्योत्सना फूयाँलले (२५ हजार), गरिमा पन्त (३४ हजार), निर्देशक नरेश पौडेल (२५ हजार)ले आर्थिक रकम बराबरको खाद्यान्न सहयोग गरेको पनि प्राविधिक संघले जनाएको छ । कतिले राहत वितरणमा हमालको सहभागिता नदेखिएको भन्दै टिप्पणी पनि गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077