Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

ज्वाइँद्वारा ससुराको हत्या

काठमाडाैँ । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा ज्वाइँले खुर्पा प्रहार गरी ससुराको हत्या गरेका छन्। नवलपुरको कावासोती नगरपालिका–१५, शेरगञ्ज बस्ने ३१ वर्षीय सुवास मगरले ससुरा ७३ वर्षीय विष्णु राईलाई गए राति खुर्पा प्रहार गरी हत्या गरेका हुन्।

ज्वाइँ मगरले ससुरा राईलाई घाँटीमा खुर्पा प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय कावासोतीका प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाँणले बताए। खुर्पाको प्रहारबाट गम्भीर घाइते भएका राईको उपचारका क्रममा मध्यविन्दु जिल्ला अस्पतालमा मृत्यु भएको प्रहरी नायब उपरीक्षक खाँणले जानकारी दिए। हत्यामा संलग्न मगरसमेत सामान्य घाइते भएका छन्।

उनले ससुरालाई खुर्पा प्रहार गरेपछि आफैँले आफैँलाई हानेर घाइते बनाएको हुनसक्ने प्रहरी नायब उपरीक्षक खाँणको भनाइ छ। घाइते मगरको प्रहरीको निगरानीमा मध्यविन्दु जिल्ला अस्पतालमा उपचार भइरहेको छ। रासस

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077