Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

चीनले नेपाली भुमी कब्जा गरेर भवन निर्माण गरेकोप्रति काँग्रेस नेताको आपत्ति

काठमाडौं। चीनले नेपाली भुमीमा जबरजस्ती भवन निर्माण गरिरहेकोमा नेपाली कांग्रेसका नेता धनराज गुरुङले बिरोध गरेका छन्।

चीनले हुम्लाको नाम्खा गापा-६ लिमीको लाप्चा क्षेत्रमा चीनले नेपाली भुमीमा जबरजस्ती भवन निर्माण गरिरहेको सार्वजनिक भएको थियो। ।

सामाजिक संजाल फेसबुकमा लेख्दै नेता धनराज गुरुङले  भनेका छन्, 'हुम्लाको नाम्खा गापा-६ लिमीको लाप्चा क्षेत्रमा चीनले नेपाली भुमीमा जबरजस्ती भवन निर्माण गरिरहेको समाचार पढियो। खवरदार! ठुला भनाउँदा दुई छिमेकी देशले मिचाहा प्रबृत्ति नदेखाऊ। यस संदर्भमा @PM_Nepal ज्युको ध्यानाकर्षण गराउन चाहन्छु। राष्ट्रियताको छेउ र कुनामा फरक परिभाषा हुँदैन। '

गुरुङले नेपाली भूमीमा लामोसमयदेखि नेपालीलाई जान समेत नदिएर कब्जा गरि भवन बनाउँदा सरकार वेखबर भएकोमा आपत्ती जनाएका हुन्।

प्रधानमन्त्री केपी ओलीको ध्यानाकर्षण गराउँदै गुरुङले राष्ट्रियताको छेउ र कुनामा फरक परिभाषानहुने पनि उल्लेख गरे ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077