Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

चीनद्वारा नेपाली भूमिमा निर्मित भवन क्षेत्रमा खटियो निरीक्षण टोली

सुर्खेत । चीनद्वारा नेपाली भूमिमा निर्मित भवन क्षेत्रमा निरीक्षण गर्न नेपाली टोली खटिएको छ । हुम्लाका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) चिरञ्जीवी गिरीको नेतृत्वमा शनिबार अनुगमन टोली नाम्खा गाउँपालिका-६, लिमीतर्फ गएको हाे।

सहायक प्रमुख जिल्ला अधिकारी दत्तराज हमालका अनुसार टोलीमा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, राष्ट्रिय अनुसन्धान र गाउँपालिकाका अध्यक्ष लगायत छन् । टोलीले स्थलगत अध्ययनका लागि गएको सहायक प्रजिअ हमालकाे भनाइ छ।

नेपाली भूमि लिमीको लाप्चा बगरमा चीनले नौ वटा भवन निर्माण गरेको हुम्लाका सहायक प्रजिअ हमालले जानकारी दिए । केही दिन अगाडि मात्रै स्थलगत अनुगमन गरेर आएका हमालले दुई देशको सिमानाभन्दा झण्डै दुई किलोमिटर यता नेपाली भूभागमा चिनियाँ पक्षले एकतर्फी रुपमा भवन निर्माण गरेको बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077