Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

करेन्ट लागेर वडाध्यक्षको मृत्यु

दूधकोशी । माप्य दूधकोशी गाउँपालिका–५ का वडाध्यक्ष निमराज तामाङको निधन भएको छ।

आज बिहान आफ्नै घरमा करेन्ट लागेर घाइते भएका ३९ वर्षीय तामाङको उपचारको क्रममा निधन भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी नायब उपरीक्षक टेकुनन्दइवा लिम्बूले जानकारी दिए।

प्रहरीका अनुसार आज बिहान ८:३० बजे रडसहित घरको छतबाट हाइटेन्सन लाइनमा छुँदा करेन्ट लागेर घाइते हुनुभएको तामाङको जिल्ला अस्पताल थाप्लुमा उपचारको क्रममा मृत्यु भएको हो।

स्थानीय तहको निर्वाचनमा उनी तत्कालीन नेकपा एमालेबाट निर्वाचित भएका थिए। उनी लेखापढी व्यवसायी सङ्घ सोलुखुम्बुको अध्यक्षसमेत थिए। उनकी श्रीमती र तीन छोराछोरी रहेका छन्।रासस

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077