Jul 28 2026 | २०८३, श्रावण १२ गते

28 Jul 2026 | मंगलवार, श्रावण १२ गते २०८३

मंगलवार, श्रावण १२ गते २०८३
images
images

१५ लाख रूपैयाँमा 'डिल’ गरी सुनगोहोरो बेच्न काठमाडौं आएका २ जना पक्राउ

काठमाडाैं । महानगरीय प्रहरी वृत्त, बौद्धले दुर्लभ वन्यजन्तु सुनगोहोरोसहित दुई जनालाई पक्राउ गरेको छ ।

प्रहरीले सोमबार साँझ कागेश्वरी मनोहरा नगरपालिका-६ मुलपानी बस्ने रामेछापकाे गोकुलगंगा गाँउपालिका-६ का २१ वर्षीय विशाल तामाङ र १९ वर्षीय सुभाष तामाङलाई पक्राउ गरेको हो ।

उनीहरूले सुनगोहोरो जस्तो देखिने दुर्लभ वन्यजन्तुको विक्री वितरण गर्न चकलेटकाे बट्टामा लुकाई राखेको भन्ने विशेष सूचनाका आधारमा प्रहरीले अनुसन्धान थालेको थियो ।

उनीहरूबाट १.५ इन्च लामो जिउँदो सुनगोहोरो समेत बरामद गरेको छ। उनीहरूमाथि थप अनुसन्धान गर्न बौद्धमा ल्याइएको थियो ।

साथै, अनुसन्धान तथा कारबाहीको लागि जिल्ला वन कार्यालय काठमाडौंसँग समेत समन्वय गरी वन कार्यालय पठाउने व्यवस्था गरेको महानगरीय प्रहरी परिसर, एसपी सोमेन्द्रसिंह राठौरले जानकारी दिए ।

बौद्धका डिएसपी नविन कार्कीका अनुसार उनीहरूले सुनगोहोरो रामेछापबाट समातेर ल्याएका थिए। 'उनीहरूलाई १५ लाखको डिल आएपछि काठमाडौं ल्याएर बेच्न लागेका रहेछन्,'डिएसपी कार्कीले भने। उनीहरूमाथि वन कार्यालयले थप अनुसन्धान गरिरहको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077