Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

‘रेड वाईन’ मा पल र साम्राज्ञीको जोडी

काठमाडौं । नायक पल शाह र नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहको रोमान्स फिल्म ‘रेड वाईन’ मा रहने भएको छ । ‘रेड वाईन’ रमेश एमके पौडेलको निर्देशनमा बन्न लागेको छ । पौडेलले यसअगाडि ‘रूद्रप्रिया’ र ‘रज्जा रानी’ फिल्म निर्माण गरेका थिए ।

पौडेलको निर्देशनमा बन्न लागेको यो फिल्म डेब्यु भनिएको छ । अमेरिकामै सम्पूर्ण छायाँकन हुने बताइएको फिल्म प्रेमकथामा निर्माण हुन लागेको छ । फिल्ममार्फत पहिलो पटक पल र साम्राज्ञी जोडीको रुपमा देखिन लागेका हुन् । फिल्ममा कथा, गीत समेत निर्देशक पौडेलकै रहेको छ ।

फिल्ममा पल र साम्राज्ञीको अलवा सन्दीप क्षेत्री र अमेरिकामा बसोबास गर्ने इमिली लामा लगायतको मुख्य भूमिका रहेको छ । पासाङ लामा र आर्यन पौडेल निर्माता रहेको फिल्मको सह–निर्मातामा निरू भण्डारी हुन् ।

आर्यन फिल्मस् प्रोडक्शन प्रालि र बोधी एचडी अमेरिकाको ब्यानरमा निर्माण हुने फिल्मको पटकथा र सम्वाद सबिर श्रेष्ठले लेखेका छन् । दशैं र तिहारको बीचमा फिल्मको पुरै छायाँकन अमेरिकामा हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077