Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

स्याङ्जा पहिरो अपडेट: एकै परिवारका ९ सहित १० जनाको मृत्यु

स्याङजा । वालिङ नगरपालिका १४ तमादीमा पहिरोले एउटा घर पुर्दा एकै परिवारका ९ जनाको मृत्यु भएको छ । एक जनाको जिवितै उद्धार गरिएको छ ।

मृत्यु हुनेहरुमा ६० वर्षिया सानी नेपाली, ४८ वर्षीया माया नेपाली, ३० वर्षीया दिपक नेपाली, २८ वर्षीया उमाकला नेपाली, २१ वर्षीय कुलदीप नेपाली, १४ वर्षीय विक्रम नेपाली, १६ वर्षीया विनिता नेपाली, ९ वर्षीय दिवस नेपाली र ७ महिने शिशु रहेका जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिए ।

उनका अनुसार मनिषा नेपालीको उद्धार गरेर उपचारका लागि पोखरा पठाइएको छ । राति सुतिरहेका बेला आएको पहिरोले परिवारै सखाप पारेको हो ।

यस्तै स्याङ्जाकै कालीगण्डकी गाउँपालिका वडा नम्बर ४ विर्घामा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा १७ वर्षीय विष्णु परियार रहेका छन् । राति २ बजे आएको पहिरोमा अरुले भने जोगिएर उम्कन सफल भएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077