Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

काँग्रेस महामन्त्री काेइराला काेराेनामुक्त, स्वकीय सचिवलाई काेराेना पुष्टि

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका महामन्त्री डा शशांक कोइराला कोरोनामुक्त हुँदा उनका स्वकीय सचिव भरत तिवारीलाई संक्रमण पुष्टि भएको छ।

दुबै जनाको एकै साथ शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतलामा स्वाब परीक्षण गराउँदा महामन्त्री कोइरालाको नेगेटिभ र आफ्नो पोजेटिभ देखिएको तिवारीले बताए।

संक्रमण पुष्टि भए पनि आफूमा कुनै लक्षण नदेखिएको उनले बताए। भदौ २३ गते कोरोना पुष्टि भएका कोइरालाको बुधवार राति कोरोना रिपोर्ट नेगेटिभ आएको हो।

महाममन्त्री कोइराला होम आइसोलेनसमा उपचार गराउँदै आए पनि गम्भीर भएपछि भदौ २३ गते ओम अस्पताल भर्ना गरिएको थियो। कोइराला असोज ३ गते अस्पतालबाट डिस्चार्ज भएका थिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077