Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

प्रेस काउन्सिलको कार्यवाहक अध्यक्षमा बुढाथोकी

काठमाडौं। प्रेस काउन्सिल नेपालका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठले पदबाट राजीनामा दिएपछि कार्यवाहक अध्यक्षमा गोपाल बुढाथोकी सर्वसम्मत चयन भएका छन् ।

बोर्ड बैठकले प्रेस काउन्सिल ऐन, २०४८ बैठक सञ्चालनसम्बन्धी, २०७१, सर्वोच्च अदालतको आदेश र विगतका नजीरसमेतको आधारमा बुढाथोकीलाई सर्वसम्मत अध्यक्ष चयन गरेको हो ।

साँघु साप्ताहिकका सम्पादक बुढाथोकीलाई सरकारले २०७५ साल साउनमा सदस्यमा नियुक्त गरेको थियो । बुढाथोकीले आजै पदभार ग्रहण गरेका छन् । श्रेष्ठले काउन्सिलको स्वायत्तताको रक्षा र निरन्तरताको निम्ति आज प्रेस काउन्सिल बोर्ड बैठकसमक्ष राजीनामापत्र बुझाएका हुन् ।

३ वर्षअघि तत्कालिन अध्यक्ष भवानीप्रसाद बरालका विरुद्ध सर्वोच्च अदालतमा रिट परेपछि रिक्त पदमा बोर्ड बैठकले श्रेष्ठलाई कार्यवाहक अध्यक्ष तोकेको थियो ।

कार्यवाहक अध्यक्ष श्रेष्ठले पदमा रहँदा सरकार र स्वायत्तताको निम्ति लडाइँ लड्नुपरेको बताएका छन् । उनको पहलमा काउन्सिलको प्रभाव विस्तार देशको पूर्वको ताप्लेजुङदेखि पश्चिमको दाचुर्लासम्म पुगेको र विश्वका अनेक महादेशसम्म सम्पर्क सम्बन्ध विस्तार भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077