Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

आइसोलेसनबाट फरार भएका थुनुवा पक्राउ

स्याङ्जा । आइसोलेसनबाट फरार भएका एक थुनुवालाई प्रहरीले लुकेर बसेको अवस्थामा पक्राउ गरेको छ।  कोरोना संक्रमण देखिएपछि कालिका सामुदायिक अस्पताल हेलु स्याङ्जाको आइसोलेसनमा राखिएका दिपक नेपाली भन्ने दिपक सार्की थुनुवा फरार भएका थिए।

पशुपंक्षी सम्बन्धी कसुर (गौवध) मुद्दामा पुर्पक्षको लागी कारागार कार्यालय स्याङ्जाको थुनामा रहेका उनलाई कोभिड परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएपछि सामुदायिक अस्पताल हेलु स्याङ्जाको आइसोलेसनमा राखिएको थियो।

गत असोज ८  गते बिहान  बिद्युत नभएको मौका पारी आइसोलेसनको झ्याल फुटालेर फरार भएका थिए।

सार्कीको जिल्ला प्रहरी कार्यालय स्याङ्जाबाट खटिएको प्रहरी टोलीले खोजतलास गर्ने क्रममा पुतलीबजार न.पा. वडा नं. १३ लामपाटा सातुपसल स्थित लुकिछिपि बसेको अवस्थामा फेला पारी नियन्त्रणमा लिई कारागार कार्यालय स्याङ्जा पठाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077