Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

चितवनमा कोरोना संक्रमित एक जना बिरामीको उपचारका क्रममा मृत्‍यु

चितवन। कोरोना संक्रमण भइ चितवन मेडिकल कलेजमा उपचाररत एक बिरामीको आज बिहान निधन भएको छ।

गत असोज ३ गते श्वास प्रसास र निमोनियाबाट समस्या बहेर चितवन मेडिकल कलेजमा भर्ना भएकी मकवानपुर हेटौंडाका ७४ बर्षका पुरुषको आज बिहान उपचारका क्रममा निधन भएको अस्पतालले जारी गरेको सुचनामा उल्लेख छ। उनको आइसियुमा राखेर उपचार हुँदै आएको थियो।

पछिल्लो रिपोर्ट अनुसार चितवनमा थप ८ जनामा कोरोना भाइरस ९कोभिड–१९० संक्रमण पुष्टि भएको छ ।

भरतपुर अस्पताल कोभिड १९ प्रयोगशालामा गरिएको परीक्षणमा ७ पुरुष र १ महिला गरि ८ जनामा संक्रमण पुष्टि भएको हो ।

संक्रमण देखिनेमा भरतपुर महानगरपालिका–३ का ८४ वर्षीय पुरुष, राप्ती–२, ६ र ४ का १८ देखि ६४ वर्ष उमेर समूहका ४ जना पुरुष र ६२ वर्षीया एक महिला, रत्ननगर नगरपालिका–३, १४ का ३२ र ६४ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको प्रयोगशालाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077