Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

उपेन्द्र यादव भन्छन् - भ्रष्टाचारमा ओली सरकारले पञ्चायतलाई पनि माथ गर्‍यो

काठमाडौं। जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले केपी शर्मा ओली नेतृत्वको सरकारले देशलाई धरासायी बनाएको आरोप लगाएका छन् । यो सरकारका काण्डले सिमा नाघेको वताउँदै उनले भने, 'यतिका काण्ड त पञ्चायति समयमा पनि भएका थिएनन होला ।’

राजधानीमा भएको एक कार्यक्रमकाबीच विभिन्न पार्टी परित्याग गरेकाहरुलाई पार्टी प्रवेस गराउने क्रममा यादवले ओली नेतृत्वको सरकारले देशलाई आर्थिक रुपमा धरासायी बनाउँदै लगेको उल्लेख गरे ।

कम्युनिष्ट पार्टीको सरकार भएका विश्वका अन्य मुलुकहरुमा कम्युनिष्टहरुले मुलुकलाई धरासायी पारे र आफुपनि त्यसरी नै धरासायी भएको अध्यक्ष यादवले ले वताए । अहिले त्यही बाटोमा नेपाल पनि छ ।

ओली नेतृत्वको सरकार भ्रष्टाचारका काण्डै काण्डमा सरकार फसेको पनि उनले वताए ।

अध्यक्ष यादवले अहिलेको सरकार र कम्युनिष्ट पार्टीबाट मुकुकको कुनै समस्या हल हुन नसक्ने भएकाले वैकल्पिक शक्तिको आवश्यकता रहेको बताए ।

संघियता र लोकतन्त्रको बाटोमा हिड्ने नयाँ राजनीतिक विचार र शक्तिको निर्माण गर्दै मुलुकको भविष्य सुनिश्चित गर्ने तर्फ अगाडि बढ्नुपर्ने आवश्यकता रहेको उनले बताए । आज राजधानीमा भएको एक कार्यक्रमकाबीच विभिन्न पार्टी परित्याग गरेकाहरु जनता समाजवादी पार्टी प्रवेश गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077