Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

हैदराबादले कोलकत्तालाई दियो १४३ रनको लक्ष्य

काठमाडौं। इण्डियन प्रिमियर लिग (आईपीएल)मा सनराइजर्स हैदराबाद र कोलकाता राइट राइडर्स आज एक अर्काको सामना गरिरहेका छन्।

जारी खेलमा सनराइजर्स हैदराबादले कोलकता नाइट राइडर्सलाई १ सय ४३ रनको लक्ष्य प्रस्तुत गरेको छ।

पहिले ब्याटिङ गर्दै हैदराबादले २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ४२ रन बनायो । दुबै टोली आईपीएल सीजनको आफ्नो पहिलो जीतको लागि कुर्दै छन्। आईपीएलको यात्रामा हालसम्म दुई टोलीहरू बीच १ 17 खेलहरू भएको छ। जसमध्ये कोलकाताले १० पटक जितेको छ भने हैदराबादले ७ पटक जित्ने मौका पायो।

हैदराबादका लागि मनिष पाण्डेले अर्शतकीय पारि खेल्दै सर्वाधिक ५१ रन बनाउँदा कप्तान डेभिड वार्नरले ३६ बनाउँदा ऋद्धिमान शाह ३० रनमा रनआउट भए।

कोलकताका लागि प्याट कमिङ्स, बरुण चक्रवर्ती र आन्द्रे रसेलले १र१ विकेट लिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077