Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

मन्त्रिपरिषद बैठक बस्नुअघि ओली र प्रचण्डबीच भेटवार्ता, को-को बन्दैछन् मन्त्री ?

काठमाडौं । मन्त्रिपरिषद बैठक बस्नुअघि प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ ।

मन्त्रीमण्डल पुनर्गठनको तयारीका लागि दुई अध्यक्षबीच छलफल भएको हो  । प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले भेटवार्ता जारी रहेको जानकारी दिए ।

मन्त्रिपरिषद पुनर्गठनमा नेताहरु जनार्दन शर्मा, भीम रावल, डा.बेदुराम भुषाल, सुरेन्द्र पाण्डे, विरोध खतिवडा, यज्ञराज सुनुवार, हरिवोल गजुरेल, टोपबहादुर रायमाझी, पम्फा भुषाल, देवेन्द्र पौडेल, प्रभु साह, गणेश ठगुन्ना, प्रेम आले, तुलसा थापालगायतका नेताहरु मन्त्री बन्ने चर्चामा छन् ।

मन्त्रिपरिषद बैठक बस्नुअघि दुई अध्यक्षबीच भेटवार्ता हुनुलाई अर्थपूर्ण रुपमा लिइएको छ ।

ओली र प्रचण्डबीच बिहीबार र शुक्रबार भएको भेटवार्तामा आकाङ्क्षी धेरै भएपछि कसरी व्यवस्थापन गर्ने भन्नेमा छलफल भएपनि ठोस निश्कर्ष निस्कन सकेको थिएन ।  तर आज, निश्कर्ष निसक्ने वताइएको छ।  प्रधानमन्त्री केपी शर्मा ओलीले आज दिउसो आकस्मिक बैठक बोलाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077