Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • एफएनसिसीआईका उपाध्यक्ष चन्द्र ढकाललाई कोरोना संक्रमण

    एफएनसिसीआईका उपाध्यक्ष चन्द्र ढकाललाई कोरोना संक्रमण

    अनलाइन नेपाल
  • सोमबार, १२ असोज २०७७
  • 3.6K
    SHARES

    काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसिसीआई)का उपाध्यक्ष चन्द्र ढकाललाई कोरोना भाइरस (कोभिड-१९) को संक्रमण भएको छ ।

    सामाजिक सन्जाल फेसबुकमार्फत उनले आफूलाई कोरोना भएको जानकारी गराएका हुन् ।



    उनले आइतबार परीक्षण गरेकामा सोमबार बिहान रिपोर्ट पोजेटिभ आएको उल्लेख गरेका छन् ।



    उनले लेखेका छन्, ‘विश्वमै महामारीका रुपमा रहेको कोभिड १९ को प्रकोप हाम्रो देशमा पनि बढ्दो रुपमा रहेको सबैलाई जानकारी नै छ ।

    महासंघका वरिष्ठ उपाध्यक्षका लागि उम्मेदवारी समेत घोषणा गरेका ढकालले आफ्नो स्वास्थ्यबारे लेखेका छन्, ‘मलाई स्वास्थ्यमा कुनै समस्या छैन । सामान्य अवस्थामै घरमा सुरक्षित आइसोलेसनमा बसेको छु । त्यसैले केही दिनयता मेरो सम्पर्कमा आउनुभएका सबैलाई सुरक्षित रहन र आवश्यक स्वास्थ्य सजगता अपनाउनुहुन यसै सूचनामार्फत आग्रह गर्दछु ।’

    स्रोतका अनुसार नेपाली  उपाध्यक्ष चन्द्र ढकालले कांग्रेसका सांसद उमेश श्रेष्ठलाई कोरोना संक्रमण पुष्टि भएपछि परिक्षण गराएका थिए।  श्रेष्ठले आइतबार रिपोर्ट पोजिटिभ आएको सार्वजनिक गर्दै होम आइसोलेसनमा बसेको जानकारी गराएका थिए। लगत्तै ढकालले पनि स्वाब परीक्षण गराए।

    श्रेष्ठले आफुसँग सम्पर्कमा रहेका सबैलाई सजगता अपनाउन आग्रह गर्दै आफ्नो स्वास्थ्य अवस्था सामान्य रहेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार