Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • काठमाडौँमा अझै घटेन संक्रमितको संख्या, एकैदिन २,६०९ जनामा संक्रमण

    काठमाडौँमा अझै घटेन संक्रमितको संख्या, एकैदिन २,६०९ जनामा संक्रमण

    अनलाइन नेपाल
  • आइतबार, २ जेष्ठ २०७८
  • 1.6K
    SHARES

    काठमाडौँ। पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकाभित्र २ हजार ६०९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

    जसमा भक्तपुरमा २९२, ललितपुरमा ४३६ र काठमाडौंमा १ हजार ८८१ गरी जम्मा २ हजार ६०९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।



    यसैगरी आज देशभर थप ७ हजार ३६८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।



    पीसीआर विधिबाट ७ हजार ३१६ र एन्टिजेन विधिबाट ५२ जना गरी जम्मा ७ हजार ३६८ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता डा  गौतमले जानकारी दिए ।

    यस्तै गौतमका अनुसार आज १४५ जनाको मृत्यु भएको छ। योसंगै हालसम्म कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ५ हजार ००१ पुगेको छ।

    पछिल्लो २४ घण्टामा डिस्चार्ज हुनेको  संख्या ६ हजार ६४८ रहेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार