Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • गौरीफन्टा नाकाबाट भित्रिएका दुई जनामा कोरोना संक्रमण, भेरियन्ट जाच्न नमुना काठमाडौं पठाइयो

    गौरीफन्टा नाकाबाट भित्रिएका दुई जनामा कोरोना संक्रमण, भेरियन्ट जाच्न नमुना काठमाडौं पठाइयो

    अनलाइन नेपाल
  • बुधबार, ४ पुष २०८०
  • 876
    SHARES

    फाइल तस्विर

    धनगढी । कैलालीको धनगढीस्थित त्रिनगर-गौरीफन्टा भन्सार नाकामा भारतबाट आएका दुई जनामा कोरोना संक्रमण देखिएको छ । भारतको बेंग्लोर र चेन्नईबाट आएका दुई जनामा एन्टिजेन परीक्षण गर्दा संक्रमण पुष्टि भएको हो ।

    मंगलबार २० जनाको एन्टिजेन परीक्षण गर्दा भारत बेंग्लोरबाट आएकी कञ्चनपुर पुनर्बास नगरपालिका ५ की २२ वर्षीया महिलामा संक्रमण देखिएको देखिएको प्रादेशिक स्वास्थ्य आपतकालीन कार्य सञ्चालन केन्द्रले जनाएको छ ।



    त्यस्तै आज पनि ५५ जनाको एन्टिजेन परीक्षण गर्दा भारतको चेन्नईबाट आएका धनगढी उपमहानगरपालिका ११ का ५५ वर्षीय एक पुरुषमा संक्रमण पुष्टि भएको सीमा नाकास्थित हेल्थ डेस्कले जनाएको छ ।



    दुवैजनामा देखिएको संक्रमण कुन भेरियन्ट हो भन्ने थप जाँचका लागि काठमाडौंस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार