Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • उपत्यकामा जेठ १३ गतेसम्म निषेधाज्ञा, विवाहमा बढीमा १० जना मात्र सहभागी हुन पाइने

    उपत्यकामा जेठ १३ गतेसम्म निषेधाज्ञा, विवाहमा बढीमा १० जना मात्र सहभागी हुन पाइने

    अनलाइन नेपाल
  • मंगलबार, २८ बैशाख २०७८
  • 2K
    SHARES

    काठमाडौं । काठमाडौं उपत्यकामा जारी रहेको निषेधाज्ञा १५ दिन थप गरिएको छ ।

    आज बसेको काठमाडौं उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ)को बैठकले निषेधाज्ञा जेठ १३ गतेसम्म थप गर्ने निर्णय गरेको हो ।



    त्यस्तै आजको बैठकले राष्ट्रिय प्राथमिकताप्राप्त विकास आयोजनाबाहेकका सबै निर्माण कार्य पनि रोक्ने निर्णय गरेको काठमाडौँका सीडीओ कालीप्रसाद पराजुलीले जानकारी दिए।



    पराजुलीका अनुसार बैठकले अबदेखि पार्टी प्यालेसमा विवाह, ब्रतबन्ध र भोजजस्ता कार्यक्रम पनि रोक्ने र यस्ता कार्यक्रम घरमा गर्दा पनि १० जना भन्दा बढी सहभागी हुन नपाइने निर्णय गरेको छ।

    त्यस्तै,उपत्यकामा विहान १० बजेसम्म किराना पसल र डिपार्टमेन्ट स्टोर खोल्न दिने निर्णय भएको छ । ९ बजेसम्म मात्र खोल्न दिँदा भीडभाड बढेको हुनाले १० बजेसम्म खोल्न दिने निर्णय गरेको उनको भनाइ छ ।

    यसअघि सरकारले गत वैशाख १६ गतेदेखि कोरोना भाइरस संक्रमणको चेन ब्रेक गर्न भन्दै काठमाडौँ उपत्यकाका जिल्लालगायत अन्य बाहिरी जिल्लाहरुमा समेत निषेधाज्ञा जारी गरिएको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार