Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

लेनदेनकाे विवादले महिलाकाे हत्या

रौतहट । भदौ १४ गते दिउँसो घाँस काट्न गएकी मिन्त्रादेवी बैठ साँझसम्म घर फर्कीनन् । घरपरिवारका सदस्यले खोजतलास गर्दै जाँदा साँझ ६ बजे स्थानीय समिउल्ला कवारीको उखुघारीमा उनको शव भेटियाे ।

मृत फेला परेकी ३५ वर्षीया बैठको लेनदेनका कारण हत्या भएको रिपोर्ट प्रहरीले आज सार्वजनिक गरेको छ । गढीमाई नगरपालिका ३ गमरिया पर्साका सकल बैठकी श्रीमती मिन्त्रादेवीको लेनदेनकै कारण हत्या भएको प्रहरीले जानकारी दिएको हो ।

अनुसन्धानबाट सोही ठाँउका जमसैद आलमका बुवा स्व.अनवर हुसैनले लिएको ऋण चुक्ता गर्न नसक्दा सो घटना भएको पाइएको प्रहरीको दाबी छ । जग्गाका विषयमा विवाद चल्दा मृतक मिन्त्रादेवीका श्रीमान सकल बैठाले जमसैद आलमलाई कुटपिट समेत गरेका थिए ।

सोही जग्गाको बिवादमा जमसैद आलमले बैठालाई प्रतिवादी लिखित बदरको मुद्दा हालेका थिए । जिल्ला अदालतले उक्त मुद्दामा बैठाको पक्षमा फैसला गरेपछि आलमले बैठालाई जग्गा छोडन पटक–पटक धम्की दिँदै आएको प्रहरीको भनाई छ । जग्गाकै रिसिइवीका कारण जमसैद आलमको योजनामा मिन्त्रादेवीको हत्या भएको प्रहरी प्रवक्ता डिएसपी भरत श्रेष्ठले बताए ।

आलमको योजनामा स्थानीय दाउद मिया, जहरुदिन मिया भन्ने हारुण मिया र महमद ईशराफुल मियाको संलग्नतामा मिन्त्रादेवीको घाँटी सलले कसेर मारेको प्रवक्ता श्रेष्ठले जानकारी दिए ।

उनीहरुमाथि ज्यानसम्बन्धी मुद्दा दर्ता गरी सोमवार जिल्ला अदालत गौरबाट ७ दिनको म्याद थमाएर घटनाबारे थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी प्रमुख एसपी सिद्धिविक्रम शाहले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077