Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

कोलकता नाइट राइडर्सले राजस्थान रोयल्सलाई ३७ रनले हरायो

काठमाडौं। इण्डियन प्रिमियर लिग (आईपीएल) मा दुबई अन्तर्राष्ट्रिय रंगशालामा भएको खेलमा राजस्थान रोयल्सलाई कोलकता नाइट राइडर्सले ३७ रनले  हराएको छ ।

घातक बलिङको सहयोगमा राजस्थान रोयल्सलाई कोलकताले हरायो।  आईपीएलमा यो कोलकाता नाइट राइडर्सको दोस्रो जीत हो।

शुरुमा टस हारेर ब्याटिङमा उत्रिएको कोलकताका शुभमन गिल र इयोन मोर्गन चम्किँदा कोलकताले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १७४ रन बनाए।

१७५ रनको लक्ष्य लिएर  ब्याटिङमा उत्रिएको राजस्थान निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै राजस्थान १३७ रनमा समेटियो।

राजस्थानका लागि टम करनले सर्वाधिक ५४ रन बनाउँदा जोस बट्लर २१ रनमा पभेलियन फर्किए।  राहुल तेवतियाले १४ रन जोडे ।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077