Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

ओलीले देखेनन् खतिवडा र रेग्मीभन्दा योग्य व्यक्ति, पदमै रहँदा पनि बम्फर उपहार

काठमाडौं । सरकारले परराष्ट्र मन्त्रालयका सचिव शंकरदास बैरागीलाई नयाँ मुख्यसचिवमा सिफारिस गरेको छ ।

बालुवाटारमा बिहीबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले बैरागीलाई मुख्यसचिव बनाउने निर्णय गरेको वताइएको छ ।

मुख्यसचिव लोकदर्शन रेग्मीले राजीनामा दिएपछि बैठक बसेर बैरागीलाई मुख्य सचिवमा नियुक्त गरेको जनाइएको छ । रेग्मीले कार्यकाल सकिनु केही दिन बाँकी हुँदा राजीनामा दिएका हुन् । रेग्मीले पदबाट दिएकाे राजीनामाकाे मसी सुक्न नपाउँदै  प्रधानमन्त्री केपी शर्मा ओलीले राजदूत बनाइदिएका छन् ।

मुख्यसचिव रेग्मीको कार्यकाल कात्तिक ३ गतेसम्म थियो । मुख्यसचिवमा शंकरदास वैरागी, केदार अधिकारी, मोहनकृष्ण श्रेष्ठलगायत दौडमा थिए ।

सरकारले अमेरिकाको राजदूतमा डा.युवराज खतिवडालाई नियुक्त गर्ने सिफारिस गरेको छ । खतिवडा लाभको पदमा काम गर्ने सबैभन्दा धेरै अवसर पाएकामध्येमा पर्छन् ।

प्रधानमन्त्री ओलीले अर्थ मन्त्रीबाट राजीनामा दिएका डा.खतिवडालाई मन्त्री सरहको सुविधा दिएर आर्थिक सल्लाहकार नियुक्त गरेका थिए । आर्थिक सल्लाहकार हुँदा हुँदै डा.खतिवडालाई ओलीले अमेरिकाको राजदूत बनाइदिएका छन् ।

बिहीबार मुख्य सचिवबाट राजीनामा दिएका लोकदर्शन रेग्मीलाई बेलायतका लागि राजदूत नियुक्त गर्ने सिफारिस गरेको छ ।

ओली सरकारले नेकपामा डा.खतिवडा र रेग्मीभन्दा असल व्यक्ति नभए जस्तै गरेर पदमा हुँदा हुँदै पनि नियुक्तिहरू दिएकाे छ । ओलीले यो देशमा डा.खतिवडा र रेग्मी बाहेक अन्य योग्य व्यक्तिहरु देखेका छैनन कि ? भन्ने  प्रश्न समेत उब्जिएको छ ।

आफुलाई सहयोग गरेमा रेग्मीलाई बेलायतका लागि राजदूत नियुक्ति गरिने बचन प्रधानमन्त्री केपी ओलीले दिएका थिए ।

काँग्रेसले मुख्यसचिव बनाएका रेग्मीले ओली सरकारका गलत कामलाई ढाकछोप गरी सहयोग गरेर आत्मसमर्पण गरेको भन्दै उनको आलोचना भएको थियो।

खतिवडाको नियुक्तिप्रति सामाजिक सन्जालमा 'योजना आयोग, गभर्नर, अर्थमन्त्री, प्रधानमन्त्रीको आर्थिक सल्लाहकार हुँदै गर्दा फेरि अमेरिकाका लागि नेपाली राजदूतमा प्रस्तावित भएछन् । छैटौँ दिनमा भावीले पनि गजबै लेखेछन् । यो दुनियाँमा खतिवडा जत्तिका अरु जन्मिएका रहेछन् कि क्यो हो ? भन्दै आलोचना हुन थालेको छ

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077