Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • पीसीआर परीक्षण निशुल्क गर्न सर्वोच्चको परमादेश

    पीसीआर परीक्षण निशुल्क गर्न सर्वोच्चको परमादेश

    अनलाइन नेपाल
  • बिहिबार, १५ असोज २०७७
  • 5.3K
    SHARES

    काठमाडाैं । सर्वोच्च अदालतले पीसीआर परीक्षण नि:शुल्क गर्न सरकारका नाममा परमादेश जारी गरेको छ ।

    न्यायाधीशद्वय डा. आनन्दमोहन भट्टराई र टङ्कबहादुर मोक्तानको संयुक्त इजलासले कोरोना भाइरसकाे संक्रमण पत्ता लगाउँन गरिने पीसीआर परीक्षण नि:शुल्क गर्न परमादेश दिएको हो ।



    अधिवक्ताद्वय केशरजंग केसी र अधिवक्ता लोकेन्द्र वलीले पीसीआर परीक्षण निशुल्क गरिनुपर्छ, यो मौलिक हक भएको भन्दै अदालतमा रिट दायर गरेका थिए ।



    रिटको पक्षमा वरिष्ठ अधिवक्ताद्वय डा. सुरेन्द्र भण्डारी र चन्द्रकान्त ज्ञवाली, अधिवक्ताहरू पंकजकुमार कर्ण, कीर्तिनाथ शर्मा पौडेल, डा. शिव यादव, सन्तोष भण्डारी र जनक साउदले बहस गरेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार