Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • टेकु अस्पतालले काेराेना संक्रमितकाे उपचारका लागि धरौटी रकम नलिने

    टेकु अस्पतालले काेराेना संक्रमितकाे उपचारका लागि धरौटी रकम नलिने

    अनलाइन नेपाल
  • सोमबार, १७ कार्तिक २०७७
  • 2.8K
    SHARES

    काठमाडाैं । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुले कोरोना संक्रमितकाे उपचारका लागि धरौटी रकम नलिने भएको छ ।

    टेकु अस्पतालले कात्तिक १३ गते आइसीयू र आइसोलेशनमा उपचार गर्न धरौटी रकम निर्धारण समेत गरेकाे थियो । तर, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्देशनपछि अस्पताल पूर्ववत निर्णयबाट पछि हटेको हो ।



    टेकु अस्पतालले निःशुल्क रुपमा पीसीआर परीक्षण गनुर्का साथै औषधि र ल्याब परीक्षण निःशुल्क गर्दै आएको सरुवा रोग बिशेषज्ञ डा. अनुप बास्तोलाले बताए ।



    विपन्न, जेष्ठ नागरिक ७० वर्षभन्दा माथि अति अपाङ्गता भएका, अशक्त र एकल महिला संक्रमितको हकमा आवश्यक सिफारिस पत्र, परिचयपत्र भएमा आर्थिक अवस्था हेरेर आवश्यकताका आधारमा उपचार छुट दिने उनले बताए ।

    आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले धरौटी नलिई कोरोना संक्रमितको उपचार गर्न सरकारी अस्पताललाई निर्देशन दिएको थियो ।

    स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले धरौटी सम्बन्धी सूचना निकाल्ने सरकारी अस्पताललाई स्पष्टीकरण सोधिएको समेत बताएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार