Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • सरकारले नै बन्द गर्‍यो पीसीआर परिक्षण

    सरकारले नै बन्द गर्‍यो पीसीआर परिक्षण

    अनलाइन नेपाल
  • मंगलबार, २८ बैशाख २०७८
  • 2.1K
    SHARES

    काठमाडौं। राजधानीस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुले कोरोना भाइरसका लागि गरिने पीसीआर परीक्षण सेवा बन्द गरेको जनाएको छ।

    अस्पतालले अर्को व्यवस्था नभएसम्मको लागि अहिलेलाई पीसीआर परीक्षण बन्द गरेको सूचनामार्फत जनाएको हो।



    आज अस्पतालका निर्देशकले जारी गरेको सूचनामा भनिएको छ, ‘विशेष कारणबश अर्को व्यवस्था नभएसम्मको लागि यस अस्पतालबाट गरिँदै आएको पीसीआर परीक्षण कार्य बन्द गरिएको व्यहोरा जानकारीका लागि अनुरोध छ। यसबाट आम सर्वसाधारणमा परेको असुविधाको लागि क्षमाप्रर्थी छौ।’



    यस्तै, अस्पतालका निर्देशक सागरराज भण्डारीले पीसीआर प्रयोग गर्नका लागि किट चाहिने रे त्यो अहिले सकिएकोले बन्द गरिएको बताएका छन्। भण्डारीका अनुसार अब जहिले किट आउछ त्यहिले अस्पतालले परिक्षण सुरु गर्ने छ।

    पछिल्लो समय देशभर कोरोना भाइरस संक्रमणको दर उच्च रहेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार