Online Nepal
  • बुधबार, २६ बैशाख २०८१
  • टेकु अस्पतालमा आजदेखि पुनः कोरोना खोप कार्यक्रम सञ्चालन हुँदै

    टेकु अस्पतालमा आजदेखि पुनः कोरोना खोप कार्यक्रम सञ्चालन हुँदै

    अनलाइन नेपाल
  • मंगलबार, ११ माघ २०७८
  • 2K
    SHARES

    काठमाडौं । काठमाडौंको टेकुस्थित शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालमा पुनः आजदेखि कोरोनाविरुद्धको खोप कार्यक्रम सञ्चालन गरिने भएको छ।

    यसअघि अस्पतालका ६० जनाभन्दा बढी स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएपछि गत सोमबारदेखि ७ दिनका लागि खोप कार्यक्रम स्थगन गरिएका थियो ।



    तर काठमाडौं महानगरपालिकाको स्वास्थ्य शाखा र नेपाल रेडक्रस सोसाइटी (काठमाडौ) बाट जनशक्ति व्यवस्थापन भएपछि आज पुनः खोप लगाउने कार्यक्रम थालिने भएको अस्पतालले जनाएको छ ।



    अस्पतालका अनुसार आज बिहान १० बजे नियमित खोप कार्यक्रम सुरु गरिनेछ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार