Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • टेकु अस्पतालमा संक्रमितको चाप : ६८ जना गम्भीर, १३ को अवस्था नाजुक

    टेकु अस्पतालमा संक्रमितको चाप : ६८ जना गम्भीर, १३ को अवस्था नाजुक

    अनलाइन नेपाल
  • शुक्रबार, १७ बैशाख २०७८
  • 2.1K
    SHARES

    काठमाडौं। कोरोना भाइरसको नयाँ भेरियन्ट फैलिएसँगै देशभरका कोरोना बिशेष अस्पतालमा बिरामीहरुको चाप बढेको छ। उपत्यकाका नाम चलेका अस्पतालहरु देखि जिल्लाका प्रमुख अस्पतालहरुमा बिरामीको चाप बढ्नुको साथै उच्च जोखिम बढेको छ।

    यसैबीच राजधानीको केन्द्रमा रहेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल (टेकु अस्पताल)मा कोरोना सङ्क्रमित भएर उपचारका लागि अस्पताल आउनेको भीड देखिन थालेको छ । केही दिन अघिमात्रै अस्पताल प्राङ्गणमा कोरोनाविरुद्धको खोप लगाउनेको लाइन देखिन्थ्यो भने आजभोली कोरोना संक्रमितको संख्या ह्वात्तै बढेपछि बिरामीको भीड बढेको हो।



    अस्पतालका निर्देशन डा।सागर राजभण्डारीका अनुसार विहीबारसम्म टेकुमा उपचाररत ६८ संक्रमितको अवस्था गम्भीर रहेको र तिनीहरु मध्ये १३ जनाको अवस्था अझ नाजुक रहेको छ ।



    ‘कोरोना संक्रमित दिनानुदिन बढ्दै छ, अस्पताल आउनेको संङ्ख्यामा पनि वृद्धि भइरहेको छ,’ राजभण्डारीले भने ,‘उपचारका लागि अस्पताल आउने सङ्क्रमितलाई कहाँ राखेर उपचार गर्ने भन्ने समस्या थपिएको छ ।’उनका अनुसार उपचारका लागि स्वास्थ्यकर्मी तयार रहेपनि स्रोत साधनका अभावका कारण उपचारका समस्या हुने गरेको छ, अस्पतालमा कोरोनाका विरामीको उपचारका लागि बेड क्षमता जम्मा ६० रहेको भन्दै उपचारका लागि निकै गाह्रो भएको उनको भनाइ छ ,।

    ‘यहाँ उपचाररत संक्रमितले उपचारको पैसा पनि तिर्नुपर्दैन, खाना, खाजाको पनि पदैन,’ निर्देशक राजभण्डारीले भने, ‘उनिहरुलाई हामीले निःशुल्क उपचार गरिरहेका छौ, त्यहि भएर पनि भीड बढेको हुन सक्ने उनको आकलन छ।

    स्वास्थ्य मन्त्रालयका अनुसार विहीबार काठमाडौंका ११ सय २७ जना, भक्तपुरका १८२ जना र ललितपुरका २५२ जना कोरोना सङ्क्रमित भेटिएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार