Online Nepal
  • बुधबार, ९ जेष्ठ २०८१
  • भेरी अस्पतालका तीन जना कर्मचारी पक्राउ

    भेरी अस्पतालका तीन जना कर्मचारी पक्राउ

    अनलाइन नेपाल
  • बुधबार, २६ कार्तिक २०७७
  • 3.5K
    SHARES

    फाइल फोटो

    नेपालगञ्‍ज । जिल्ला प्रहरी कार्यालय बाँकेले भेरी अस्पताल, नेपालगञ्जका तीनजना कर्मचारीलाई पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा दुई जना सुरक्षागार्ड र एकजना सहयोगी रहेका बाँके प्रहरी प्रवक्ता डीएसपी सुवास खड्काले जानकारी दिए । उनका अनुसार उनीहरूले पीसीआर जाँचको नि:शुल्क सिफारिस गराइदिएर पैसा असुली गरेका थिए ।



    ‘डाक्टरबाट निशुल्क जाँचको सिफारिस बनाउने र जाँच गराउन आएका व्यक्तिसँग पैसा लिएको पाइएको छ, डीएसपी खड्काले भने, तीन जनालाई ल्याएका छौं । सोधपुछ भइरहेको छ ।’ प्रहरीका अनुसार, तीन जनाले ६ जनासँग यसरी पैसा लिएको पाइएको छ ।



    गरीव, आर्थिक अवस्था कमजोर र विपन्नलाई डाक्टरको सिफारिसमा नि:शुल्क पीसीआर जाँच गर्ने व्यवस्था मिलाइएको छ । यो बाहेक चिन्ह लक्षण देखिएका बिरामीको पनि निशुल्क पीसीआर जाँच हुने गर्दछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार