Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • कारको ठक्करबाट एक जना युवतीको मृत्यु

    कारको ठक्करबाट एक जना युवतीको मृत्यु

    अनलाइन नेपाल
  • बिहिबार, २६ जेष्ठ २०७९
  • 1.1K
    SHARES

    फाइल तस्विर

    बाँके । बाँकेको जानकी गाउँपालिका–६ कोठारपुरमा आज बिहान कारको ठक्करबाट एक जना युवतीको मृत्यु भएको छ ।

    मृत्यु हुनेमा अन्दाजी ३० वर्षीया युवती रहेकी छिन् । गम्भिर घाइते भएकी युवतीको उपचारको क्रममा नेपालगन्ज स्थित भेरी अस्पतालमा मृत्यु भएको हो । मृतकको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।



    बा ४ च १९७५ नम्बरको कारले आज बिहान ५ बजे उनलाई पैदल हिँडिरहेको बेलामा ठक्कर दिएको थियो ।



    दुर्घटना लगत्तै फरार रहेका कार चालकको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार