Online Nepal
  • आइतबार, ३० बैशाख २०८१
  • भेरी अस्पताल घटना प्रकरण

    स्वास्थ्यकर्मीमाथि कुटपिट गर्ने एमालेका नेताहरु जनही २५ हजार धरौटीमा रिहा

    स्वास्थ्यकर्मीमाथि कुटपिट गर्ने एमालेका नेताहरु जनही २५ हजार धरौटीमा रिहा

    अनलाइन नेपाल
  • आइतबार, ६ असार २०७८
  • 2.1K
    SHARES

    फाइल फोटो

    बाँके। जिल्लाको नेपालगञ्जस्थित भेरी अस्पतालमा डाक्टर र नर्समाथि कुटपिट गर्ने दाङका तीन जना जनही २५ हजार धरौटी बुझाएर छुटेका छन् ।

    आज बाँके जिल्ला अदालतका न्यायाधीश श्यामसुन्दर अधिकारीको एकल इजलासले अस्पतालका डाक्टर/नर्समाथि कुटपिट गरेको आभियोगमा थुनामा रहँदै आएका नेकपा एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य दाङ तुलसीपुरका मानबहादुर रावतसहित भरत रावत र लोकराज रावतलाई जनही २५/२५ हजार धरौटीमा छोड्न आदेश दिएको हो।



    बाँके जिल्लाका अदालतका स्रेस्तेदार तीर्थ भट्टले तोकिएको धरौटी बुझाएर तीनै जना आइतबार नै रिहा भएको जानकारी दिए।



    गत जेठ १३ गते बेलुकी ८ बजे तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ११ उरहरीका ५४ वर्षीय डिल्लीबहादुर रावतको कोरोनाका कारण मृत्यु भएपछि उनीहरूले उपचारमा लापरबाही भएको भन्दै त्यहाँ कार्यरत डाक्टर र नर्सहरूमाथि कुटपिट तथा तोडफोड गरेका थिए।

    अस्पतालका डाक्टर र नर्सहरू आक्रमणको विरोधमा आन्दोलनमा उत्रिएपछि सोही दिन राति प्रहरीले उनीहरू तीन जनालाई पक्राउ गरी थुनामा राख्दै आएको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार