Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • भेरी अस्पतालमा दुईजना कोरोना संक्रमितको मृत्यु

    भेरी अस्पतालमा दुईजना कोरोना संक्रमितको मृत्यु

    अनलाइन नेपाल
  • बिहिबार, १३ माघ २०७८
  • 1.2K
    SHARES

    फाइल फोटो

    काठमाडौं । नेपालगञ्जस्थित भेरी अस्पतालमा दुई कोरोना सङ्क्रमितको मृत्यु भएको छ ।

    अस्पतालमा उपचाररत बर्दियाका ७१ वर्षीय सङ्क्रमित पुरुषको मृत्यु भएको १२ घण्टाभित्रै कालिकोटका १६ वर्षीय बालकको भेरी अस्पतालमा मृत्यु भएको जिल्ला कोभिड व्यवस्थापन केन्द्र बाँकेका स्रोत व्यक्ति तेज वलीले जानकारी दिए ।



    उनका अनुसार मधुवन नगरपालिका वडा नं ६ निवासी ७१ वर्षीय पुरुषको उपचारका क्रममा मङ्गलवार राती १०ः३० बजे मृत्यु भएको थियो ।



    यस्तै कालिकोट शुभकालिका वडा नं ५ निवासी १६ वर्षीय बालकको भेरी अस्पतालमा बुधबार बिहान ११ः१५ बजे मृत्यु भएको जिल्ला कोभिड ब्यवस्थापन केन्द्रका स्रोत व्यक्ति वलीले बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार