Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • बढ्न थाले कोरोना संक्रमित, एकैदिन ४९ जनामा संक्रमण पुष्टि

    बढ्न थाले कोरोना संक्रमित, एकैदिन ४९ जनामा संक्रमण पुष्टि

    अनलाइन नेपाल
  • बिहिबार, ९ असार २०७९
  • 1.1K
    SHARES

    काठमाडौं । नेपालमा फेरि कोरोना संक्रमित बढ्न थालेका छन् ।

    भारतमा कोरोना संक्रमित बढ्दै गएको बेला त्यसको प्रभाव नेपालमा पनि देखिन थालेको छ ।
    पछिल्लो २४ घण्टामा २४९४ जनामा कोरोना परीक्षण हुँदा ४९ जनामा संक्रमण पुष्टि भएको छ। अघिल्लो दिन जम्मा ३१ जनामा संक्रमण पुष्टि भएको थियो ।



    मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा संक्रमणमुक्त हुनेको संख्या १२ जना रहेको छ भने हाल सक्रिय संक्रमित १६३ जना रहेका छन् ।



    हाल देशभर जम्मा पोजेटिभ केस पीसीआर विधिबाट भएको परीक्षणमा ९ लाख ७९ हजार ४५७ र एन्टिजेन विधिबाट भएको परीक्षणमा १ लाख ४० हजार ४०९ जनामा देखिएको छ ।

    तीमध्ये हालसम्म ९ लाख ६७ हजार ३४२ जना निको भएका छन् । हालसम्म कोरोनाबाट ११ हजार ९५२ जनाको मृत्यु भएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार